काठमाडौँ । वरिष्ठ साहित्यकार प्राध्यापक डा. डीपी भण्डारीको शनिबार निधन भएको छ । प्राध्यापक भण्डारीको ८५ वर्षका उमेरमा निधन भएको हो ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा भण्डारीको निधन भएको अस्पतालका निर्देशक अनिल ओड्युभिलले जानकारी दिए । निमोनिया, श्वास्प्रश्वाससम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित भण्डारीलाई फागुन २१ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान ११ः४५ मा निधन भएको अस्पतालले जानकारी दिएको छ ।

भण्डारीले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा करिब ३५ वर्ष अध्यापन गरेका थिए । उनले राष्ट्रिय अंग्रेजी तथा नेपाली दैनिक पत्रिकामा थुपै लेखहरु लेखेका छन् । साथै उनका थुप्रै साहित्यिक कृतिहरु पनि प्रकाशित छन् ।

भण्डारीको आजै आर्यघाटमा दाहसंस्कार गरिने साहित्यकार हेमन्त विवशले जानकारी दिए ।