एजेन्सी । भारतको नयाँदिल्लीमा वर्षाका कारण जनजीवन प्रभावित भएको छ । शनिवार दिउँसो दिल्लीको अधिकांश भागमा ठूलो वर्षा भएको हो । वर्षाका कारण सवारी साधन अवरुद्ध हुनुका साथै ट्राफिक जाम समेत भएको बताइएको छ । व्यस्त सडक समेत जलमग्न भएर थुप्रै सवारी साधन फसे ।

भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत वर्षा र असिना परिरहेकको भिडिओ खिचेर पोस्ट्याएका छन् । कविर तनेजा नामका ट्वीटर प्रयोगकर्ताका अनुसार लामो समयदेखि दिल्लीमा यति ठूलो वर्षा भएको थिएन ।