काठमाडौँ । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिका प्रवेशमा दिइने भिसा अनिश्चितकालका लागि बन्द गरेको छ ।

विश्वमा कोरोनाभाइरसको संक्रमण महामारीका रुपमा फैलिरहेका कारण मंगलबारदेखि लागू हुने गरी डाइभर्सिटी भिसा (डिभी) र गैरआप्रवासी भिसाका नियमित सेवाहरु रद्द गरिएको दूतावासले जनाएको हो ।

दूतावासले जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्‍चालन गर्ने जनाएको छ ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘एमआरभी शूल्क जुन मुलुकमा भुक्तानी गरिएको हो त्यही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ ।’

साथै दूतावासले अति जरुरी र कारणवश यात्रा गर्नुपर्ने भएमा इमलेमार्फत दिइएका निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । साथै वेबसाइटमार्फत थप सूचना र जानकारी लिन पनि दूतावासले आग्रह गरेको छ ।