एजेन्सी । भारत पश्चिम बंगालका अब ५७ जिल्लामा रेडियो स्टेशन खुल्ने भएका छन्, कैदीका लागि। ममता बनर्जी सरकारले जेलमा रहेका कैदीको स्थिति हेरेपछि यस्तो व्यवस्था गर्न लागेको हो ।

भारतका विभिन्न जिल्लामा रेडियो स्टेशनहरु छन्, तर पश्चिम बंगाल पहिलो यस्तो राज्य हो, जहाँ एकै साथ तमाम जिल्लामा अलग रेडियो स्टेशन खोलिँदै छ । सरकारले पाइलट प्रोजेक्टका रुपमा दमदम केन्द्रीय जेलमा यो परियोजना सुरु गरेको थियो । त्यसमा मिलेको सफलतालाई मध्यनजर गर्दै सबैतिर यो योजना सुरु गर्ने तयारी सरकारको छ । कैदीलाई यसअघि सरकारले डाँस थेरापी स्वरुप अभिनय र नृत्यको प्रशिक्षण दिएको थियो ।

कैदी आरजे
जेल प्रशासन अहिले एक गैरसरकारी संगठनको सहायतामा पाँच–छ कैदिलाई रेडियो जकी अर्गा ‘आरजे’को प्रशिक्षण दिइरहेको छ । दमदम केन्द्रीय सुधार गृहमा रेडियो जकीको प्रशिक्षण लिनेमा पतिको हत्या आरोपमा मे २०१७ देखि सजाय भोगिरहेकी मनुआ मजुमदार र शारदा चिटफण्ड घोटालामा संलग्न भन्दै जेल सजाय काटिरहेका देवजानी मुखर्जी समेत छन् ।

यो सुधार गृहमा अहिले १० घण्टा रेडियो प्रसारण हुने गरेको छ । जेल विभागका एक अधिकारीका अनुसार हरेक सुधार गृहमा प्रस्तावित रेडियो स्टेशनका लागि पाँच हजार गीत संकलन गरिएको छ । यसरी हरेक दिन आठ घण्टा गीत प्रसारण हुनेछ ।