एजेन्सी । इटालियन क्लब युभेन्ट्सले स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता नवीकरण गर्ने भएको छ ।

युभेन्ट्सले रोनाल्डोसँग थप दुई वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गर्ने तयारी गरेको हो ।

३५ वर्ष पुगेका रोनाल्डोले आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम गरिरहेपछि युभेन्ट्सले रोनाल्डोसँगको सम्झौता नवीकरण गर्न लागेको हो ।

सन् २०१८ मा युभेन्ट्स आएका रोनाल्डोको क्लबसँगको सम्झौता सन् २०२२ सम्म रहेको छ । तर, युभेन्ट्सले रोनाल्डोलाई ३९ वर्षको पुग्दासम्म क्लबमै राख्न चाहेको बताईएको छ ।

स्पेनिस क्लब रियलका पूर्व स्टार रोनाल्डोले ३५ वर्षको उमेरमा समेत युभेन्ट्सको जितमा महत्वपूर्ण गोल गरेका छन् ।

यस सिजन रोनाल्डोले क्लबका लागि ३२ खेलमा २५ गोल गरिसकेका छन् ।