काठमाडौं । वैदेशिक रोजगारमा दुबई पठाइदिने भन्दै ठगी गर्नो एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं रानीवन बस्दै आएका बागलुङ ढोरपाटन नगरपालिका ४, खुङगाका ३८ वर्षीय सुनील भन्ने शिवकुमार घर्ती मगर पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महनागरपालिका २६, गोगंबु चोकबाट पक्राउ गरेको हो । मगरले दुबईमा वर्किङ भिसामा आकर्षक तलब हुन्छ भनी विभिन्न प्रलोभनमा पारेर ९ जनासँग नगद १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको खुल्न आएको छ ।

मगरलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।