काठमाडाैँ । शुक्रबारदेखि सुरू हुने भनिएको स्नातकोत्तर तहका सबै परीक्षा स्थगित भएको छ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

’स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ,’ डिन डिल्लीराज सापकोटाले भने ।

कोरोनाभाइरस (कोभिड(१९) को संक्रमणको त्रासलाई ध्यानमा राखेर परीक्षा स्थगित गरेको उनले बताए ।

यसअघि शिक्षा मन्त्रलायले बुधबार साँझ सम्पूर्ण शैक्षिक संस्थामा पठनपाठन र एसइईलगायत परीक्षा स्थगित गरेको थियो ।