काठमाडौं । जल तथा मौसम पूर्वानुमा महाशाखाले शुक्रवार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
अपरान्हपछि पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
शुक्रवार राति पूर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ ।