काठमाडौं। मेलिना राई र चिरञ्जीवी भण्डारीले गाएको ‘बिस्तारै बिस्तारै तिमी मेरी’बोलको गीत सार्वजनिक भएको छ। बिहीवार एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो। प्रतिमा गुरुङको शब्द रहेको गीतमा चिरञ्जीवीकै संगीत छ। सञ्जिव बराईलीको एरेञ्ज रहेको गीतले प्रेमभाव बोल्छ।

यो गीतको म्युजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गेका छन् । अभिनय गायक चिरञ्जीवी स्वयंमले गरेका छन् भने फिमेल अभिनय अभिनेत्री जेबिका कार्कीले गरेकी छन्।

उत्सव दाहालको छायाँकन गरेको भिडियो विष्णु खड्काले सम्पादन गरे गरेका हुन् । भिडियो चिरञ्जीवी आफ्नै युट्युब च्यानलमा अपलोड गरेका छन् ।
भिडियो