एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओंं)ले युवा पंक्तिमा पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको जनाएको छ । डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अहिले दीर्घरोगी र वृद्धहरु बढी खतरामा देखिए पनि युवा वर्ग पनि उच्च खोजिममै रहेको बताएका हुन् । उनले जोखिम उमेर र वर्गका मानिससँगको भेटघाट र कुराकानीमा सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।

टेड्रोस भने, ‘युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरसबाट मुक्त छैन । उनीहरु कसैको मृत्यु र जीवनको कारक बन्न सक्छन् । त्यसैले युवाहरुले बालबालिका, पाका व्यक्ति र कमजोर स्वास्थ्य भएकासँग दुरी कायम राखुन् ।’

हालसम्म विश्वका १८५ मुलुकमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिएको छ । डब्ल्यूएचओले विश्वमहामारी नै घोषणा गरेको कोरोना भाइरस संक्रमणका कारण विभिन्न मुलुकमा साढे ११ हजार मान्छेको मृत्यु भइसकेको छ ।