काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन मूल्य बढेको जनाएको हो ।

महासंघका अनुसार शुक्रवार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतवार तोलामा १ हजारले बढेर ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।