एजेन्सी । स्पेनी क्लब बार्सिलोनाले अग्रपंक्तिका एन्टोनी ग्रिजम्यानलाई बेच्ने भएको छ । स्पेनी अखबार डियारिओ स्पोर्ट्सले यसै याम बार्सिलोना आएका ग्रिजम्यानलाई बार्सिलोनाले बेच्ने तयारी गरिरहेको थाहा दिएको हो ।

बार्सिलोनाबाटै प्रकाशित हुने यो खेलकूदसम्बन्धि अखबारले १०० मिलियन पाउण्ड माथिको प्रस्ताव आए ग्रिजम्यानलाई बेच्ने तयारीमा बार्सिलोना रहेको भनी लेखेको छ ।

ग्रिजम्यानलाई बेचेर उनी भन्दा चल्ताफुर्दा खेलाडी भित्र्याउने योजना बार्सिलोनाले योजना बनाएको पनि यो पत्रिकाले जिकिर गरेको छ । पछिल्लो समय नेमार बार्सिलोना फर्कने चर्चा चलिरहेको छ । यही बेला ग्रिजम्यानको बेचिने हल्ला हल्ला चलेको हो ।

ग्रिजम्यानलाई लिन लण्डन क्लब म्यानचेस्टर युनाइटेड, चेल्सी र आर्सनलले चासो दिएका छन् । ग्रिजम्यानले बार्सिलोनाका लागि ३७ खेलमा १४ गोल गरेका छन् । एट्लेटिको मड्रिडबाट बार्सिलोना आएपछि ग्रिजम्यान लयमा फर्किन भने सकेका छैनन् ।