काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ फेरि उकालो चढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतवार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमवार तोलामा ५ सयले बढेर ७७ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार ७ सय छ ।

चाँदीको मूल्य भने स्थिर छ । सोमवार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।