बाँके। नेपालगन्ज सीमा नाकाबाट सोमबार उद्दार गरि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५ सय व्यक्ति पर्खाल चढेर टाप कसेका छन् । भाग्ने धेरै जसो युवा छन् ।

दिउँसो १ बजेसम्मको अन्तिम समयसम्म नेपालगन्जको सीमा नाका जमुनहामा प्रवेश गराएर स्वास्थ्य जाँच गराएका ८०० जनालाई क्वारेन्टाइनमा लगिएको थियो।

धेरै जसो क्वारेन्टाइनबाट भागेपछि अहिले २ देखि ३ सयसम्म जतिको संख्यामा रहेका छन् । अहिले क्वारेन्टाइनमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै छन् । भारतबाट आएका ती नेपालीहरु क्याम्पसको पश्चिम् तिरको पर्खालबाट भागेका बताइएको छ ।