काठमाडौ । सरकारले भोलि मंगलवारबाट सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । काठमाडौंमा कोरोना भाइरसको संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी काठमाडौं स्थायी घर हुने एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

यस्तै, सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउने पाइने छैन ।