कोरोना भाइरससँग लड्नका लागि संसारभरीका देशले कडा कदम उठाइरहेका छन् ।

सिंगापुरमा पनि शुक्रबारबाट लागू हुने गरी नयाँ नियम तोकिएको छ ।

नयाँ नियम अनुसार जो व्यक्तिले अर्को व्यक्तिसँग एक मिटर अर्थात् करिब ३.३ फिटको दुरी कायम गर्दैनन् उनीहरुलाई १० हजार सिंगापुर डलर (करिब ८ लाख ३८ हजार रुपैयाँ) अथवा ५ महिनाको जेल सजाय वा दुबै तोकिने छ ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।