काठमाडौं । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावको प्रचारका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प अभियानले बिहीवार प्रतिष्पर्धी डेमोक्रेटिक उम्मेदवार जोन बाइडनविरिद्ध १० मिलियन अमेरिकी डलरको प्रचार अभियान सुरू गरेको छ ।
कोरोना भाइरस सुरू भएयता बाइडनविरूद्ध ट्रम्प अभियानको यो सबैभन्दा ठूलो विज्ञापन हमला हो । बाइडनको अभियानले ट्रम्पको विरूद्ध नोभेम्बरमा हुने चुनाव ट्रम्प प्रशासनको कोरोना व्यवस्थापनको जनमत संग्रह हुनुपर्ने बताउँदै आफ्नो अभियान सुरू गरेको थियो । अहिले ट्रम्प अभियानले यसैको जवाफी हमला सुरू गरेको हो ।
जवाफी हमला गर्ने क्रममा ट्रम्प अभियानले बाइडनकै शैलीमा उनीविरुद्ध मोर्चा खोलेको छ । रोयटर्सलाई जनाए अनुसार राष्ट्रपतिको यो अभियानमा राष्ट्रव्यापी विज्ञापनका लागि  कम्तिमा १० मिलियन डलर खर्च गर्नेछन् । ती विज्ञापनहरू टिभी नेटवर्क, प्रसारण आउटलेट र अनलाइनमा प्रसारण हुनेछ । ट्रम्पको अभियानले यस अन्तरगत एक विज्ञापनमा चिनियाँ कार्ड प्रयोग गरेको छ । हालैका दिनहरुमा भएका मतसर्वेक्षणहरूमा ट्रम्प र बाइडनबिच निकट प्रतिष्पर्धा रहेको देखिएको छ ।