एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित एक अस्पतालमा बन्धुकधारीले गरेको अन्धाधुन्ध गोली प्रहारमा नवजात २ शिशुसहित कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

दास्त ए बार्ची अस्पतालमा इन्टरनेसनल ह्युमेनिटरियन अर्गनाइजेसन मेडेसिन्स सान्स फ्रन्टियर्सले प्रसुती क्लिनिक सन्चालन गर्दै आएको थियो। बन्धुकधारीले प्रहरीको भेषमा आक्रमण गरेको गार्जियनले उल्लेख गरेको छ। आक्रमणमा थुप्रै मान्छे घाइते भएका छन्।

सरकारी अधिकारीका अनुसार प्रहरीको भेषमा रहेका कम्तिमा तीन बन्धुकधारीले गोली प्रहार मात्र गरेका थिएनन्, ग्रिनेडसमेत फ्याँकेका थिए। आक्रमणको जिम्मा कसैले लिएको छैन। आतङ्कवादी समूह तालेवानले घटनामा आफ्नो संलग्नता रहेको जिकिर गरेको छ। एक सय शय्याको दास्त ए बार्ची अस्पताल, मेडेसिन्स सान्स फ्रन्टियर्सको सहायतामा सन्चालन हुँदै आएको छ।