एजेन्सी । ब्राजिलमा एकै दिन कोरोनाबाट ८८१ जनाको मृत्यु भएको छ । एकै दिन धेरै व्यक्तिको निधन भएको यो अहिलेसम्मकै धेरै हो । जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार ब्राजिलमा मंगलवार कोरोनाका कारण ८८१ जनाको निधन भएको हो । यसअघि मे ८ मा ७५१ जनाको ज्यान गएको थियो ।

ब्राजिलमा अहिलेसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १२ हजार ४६१ जनाको मृत्यु भइसकेको छ । यस्तै त्यहाँ कुल संक्रमितको संख्या एक लाख ७८ हजार २१४ पुगेको छ । दक्षिण अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ब्राजिल सबैभन्दा बढी प्रभावित भएको छ ।