काठमार्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोहोर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’भनेर चर्को आलोचना खेपिन् । यो वर्ष भने मेरो सरकारको ठाउँमा ‘यो सरकार, वर्तमान सरकार’ भनेर सम्बोधन गरेकी छन्।

पोहोर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राजतन्त्रमा राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गरेजसरी राष्ट्रपतिले ‘मेरो सरकार’ भनेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले चर्को आलोचना गरेको थियो। यो पल्ट भाषा सच्याइएको छ ।

त्यस्तै, पोहोर सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ‘सभामुख र अध्यक्ष’ मात्र भनेकी भण्डारीले यो वर्ष ‘सम्माननीय’ पनि थपेकी छिन्।