काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे निवासी २९ वर्षीया महिलाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिवार राति पौने ८ बजेतिर विज्ञप्ति निकालेर यो घटनाबारे आधिकारिक जानकारी दिएको हो ।

मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा थप परीक्षण पश्चात नेपालमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको भनी उल्लेख छ । यस्तै, मन्त्रालयको पछिल्लो विवरण अनुसार संक्रमितको संख्या पनि थपिएको छ । संक्रमितको संख्या अब दुई सय ८१ पुगेको छ ।
थप विवरणका लागि विज्ञप्ति हेर्नुहोस्