काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः छिमेकी मुलुक भारतको प्रतीक चिन्हमाथि नै प्रश्न उठाएका छन् । उनले सरकारले भरखरै पारित गरेको लिम्पियाधुरासकितको नयाँ नक्साबारे संसदमा जानकारी दिँदै छिमेकी मुलुकको प्रतीक चिन्हमाथि प्रश्न उठाएका हुन् ।
यही यो त्यो प्रतीक चिन्ह

 

अनि यस्तो, लाग्छ सत्यमेव जयतेको अर्थ

नेपालीमा सत्यमेव जयतेको अर्थ हुन्छ –सत्यको नै विजय हुनेछ, असत्यको होइन । सत्यमेव जयते भन्ने आदर्श वाक्य मुण्डकोपनिषद्को ३.१.६ को मन्त्रको हो । जसमाः
सत्यमेव जयते नानृतम सत्येन पंथा विततो देवयानः।
येनाक्रमंत्यृषयो ह्याप्तकामो यत्र तत् सत्यस्य परमम् निधानम् ॥
भनिएको छ ।

अर्थात्, ‘सत्य’ को नै विजय हुनेछ, असत्यको होइन । ‘सत्य’द्वारा नै देवताहरूको यात्रा (पथ विस्तीर्ण भएको छ । आप्तकाम ऋषिगण त्यही ठाउँमा विद्यमान रहन्छन् जहाँ सत्य जीवित छ ।

प्रधानमन्त्री ओलीले सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा पारित गरेको काम देखाउन नभएको भन्दै संविधानमा रहेको निशान छाप संशोधन गर्ने र भूमि फिर्ता ल्याएरै छाड्ने जिकिर गरेका छन् । उनले भारतीय प्रधानमन्त्रीलाई प्रश्न गर्ने बताउँदै कालापानी र लिपुलेकमा सत्यको जित हुन्छ कि हुन्न ? अब हेरौँला भनेका छन् ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘यसको निष्कर्ष निकालिन्छ । हाम्रो भू–भाग फिर्ता लिइछाड्छौं । कूटनीतिक संवादमार्फत नेपाली भूमि फिर्ता लिन सकिने सरकारको विश्वास रहेको उनले बताए । भूमि फिर्ता सजिलो छैन भन्ने कुराहरु बढी उठेको उल्लेख गर्दै उनले, ‘भारतको एउटा प्रतीक चिह्न छ भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह । त्यसको मुनि सत्यमेव जयते लेखेको छ । म सोध्नेवाला छु सत्यमेव जयते कि सिंहमेव जयते’ भने ।

प्रधानमन्त्रीले अगाडि भने, ‘नेपाल विश्वास गर्छ, सत्यमेव जयते । हामी हाम्रो भूमि फिर्ता गर्न सक्छौं किनभने सत्यमेव जयते ।’