काठमाडौं । सरकारले आन्तरिक तथा वाह्य हवाइ उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले हवाइ उडानसहित सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

मंगलबार बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन्। यसअघि सरकारले जेठ १८ सम्म उडान तथा सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।