एजेन्सी । कोरोना संक्रमितको उपचारमा खटिएकी एक नर्स भित्रि पोशाक र पारदर्शी पीपीई मात्रै लगाएर पुरुष वार्डमा पुगेपछि रुसमा सनसनी फैलिएको छ ।

सार्वजनिक भएको फोटोमा उनले भित्रि पोशाक र पारदर्शी पीपीई लगाएकी छन् । २० वर्षकी नर्स टुला शहरको एक अस्पतालको पुरष वार्डमा खटिएकी थिइन्। यो वार्डमा पुरुष कोरोना संक्रमित उपचाररत छन् ।

जब भित्रि पोशाकमै उपचारमा संलग्न भएको विषय सार्वजनिक भयो ती नर्सलाई अस्पतालले बर्खास्त गरेको छ। ती नर्सले भने खपिनसक्नु गर्मी भएका कारण मात्र भित्रि पोशाक मात्रै लगाएर वार्डमा गएको प्रतिक्रिया दिएकी छिन्।