काठमाडौं । बंगालको खाडीबाट उठेको अम्पुन नामको चक्रवात कमजोर भएको छ भने सम्भावित खतरा समेत टरेको छ । पछिल्लो दुई दशक यताकै शक्तिशाली मानिएको अम्पुनका कारण नेपालमा ठूलो वर्षा नभए पनि भातको पश्चिम बंगालमा भने ठूलो मानवीय क्षति भएको छ ।

पश्चिम बंगालमा मात्रै ७२ जनाको मृत्यु भएको छ । कोलकातामा १५ जनाको मृत्यु भएको छ भने बंगलादेशमा पनि केही मानिसको मृत्यु भएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बंगालको निरीक्षण गर्न अपिल गरेकी छन् ।

करिब ३ घण्टा १२० देखि १३३ किलोमिटरको गतिमा चलेको हुरी र वर्षाका कारण प्रभावित क्षेत्रमा कयौँ नोक्सान भएको छ । मौसमविदहरुले चक्रवात पूर्णरुपमा कमजोर भइसकेको र अब त्यो न्यूनचापीय प्रणालीमा रुपान्तरण भइसकेकाले कुनै मौसमी खतरा नरहेको बताएका छन् ।