काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ । एन्फाले शुक्रवार राखेप सदस्य सचिव रमेश सिलवालमार्फत लिगको गतिविधि समेटिएको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रतिवेदन राखेप सदस्यसचिव रमेश सिलवाललाई हस्तान्तरण गरेका थिए । ‘ए’ डिभिजन लिग सकिएको करिब ३ महिनापछि एन्फाले राखेपलाई टेक्निकल रिपोर्ट बुझाएको हो ।

लिग गएको वर्ष फागुनमा भएको थियो । लिगको उपाधि भने मछिन्द्र फुटबल क्लबले जितेको थियो । प्राविधिक रिपोर्टमा लिगको विजेताको नाम, सहभागी क्लब, लिगमा भएका सबै गतिविधी, खेलाडीको नामावली, पहेलो कार्ड, रातो कार्ड लगायतको जानकारी रहेको एन्फाले जनाएको छ ।