काठमाडौं । कोरोना महामारीका कारण संयुक्त अरब इमिरेट्स ‘यूएई’को दुबईका करीब ७० प्रतिशत कम्पनी बन्द हुनसक्ने तथ्य सार्वजनिक भएको छ । रोल…
नेपाल लगायत दक्षिण एसियाली देशको मुख्य श्रम गन्तव्य मध्येको दुबईमा आगामी ६ महिनाभित्र ७० प्रतिशत कम्पनी बन्द हुनसक्ने अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो ।

दुबई चेम्बर अफ कमर्शले गरेको सर्वेक्षण अनुसार, दुबईका ९० प्रतिशतभन्दा बढी कम्पनीले २०२० को पहिलो तीन महिनामा आफ्नो बिक्री र मुनाफामा ठूलो गिरावट आएको बताएका छन् । महामारीका कारण भएको विश्वव्यापी आर्थिक शिथिलताको सबैभन्दा ठूलो मार साना र मझौला उद्योगमा परेको सर्वेक्षणले देखाएको छ ।

पर्यटन क्षेत्रसँग जोडिएका अधिकांश कम्पनी, घरजग्गा व्यवसायसम्बन्धी आधाभन्दा बढी कम्पनी, होटल–रेष्टुरेन्ट व्यवसायी र उद्योगीहरुले आफ्नो व्यवसायमा ७० प्रतिशत गिरावट आएको र दोस्रो तीन महिनामा नतिजा अझै खस्किने बताएका छन् । सर्वेक्षणमा सहभागी ४८ प्रतिशत कम्पनीहरुले अहिलेको महामारीबाट पार पाउन आफूसँग कुनै योजना नरहेको बताएका छन् ।