एजेन्सी । हङकङ्का लागि चीनले प्रस्ताव गरेको सुरक्षा कानूनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । कयौँ मानिसहरू हङकङ्का मुख्य भागमा प्रदर्शनमा उत्रिए ।

हङकङ्मा बेइजिङले लगाउने भनिएको नयाँ सुरक्षा कानूनको भत्सर्ना गर्दै विश्वभरका करिब २०० वरिष्ठ राजनीतिज्ञहरूले गम्भीर चिन्ता प्रकट गरेका छन् । यूरोप, एशिया, उत्तर अमेरिका र अस्ट्रेलियाका हस्ताक्षरकर्ताले यो योजना शहरको स्वायत्तता, विधिको शासन र आधारभूत स्वतन्त्रतामाथि बृहत् आक्रमण भनेका छन् ।

चीनले एउटा कानून पारित गर्न खोज्दैछ, जसले ‘राज्यद्रोह, विद्रोह र राज्य विभाजन, राज्य विध्वंश’मा प्रतिबन्ध लगाउनेछ । यो हप्ताको शुरूमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले त्यो योजनाको भत्र्सना गरेका थिए भने त्यसले शहरको स्वतन्त्रतामाथि प्रहार गर्नेछ भनेका थिए । यस विषयमा बेलायत, अस्ट्रेलिया र क्यानडाले पनि गम्भीर ‘चिन्ता’ प्रकट गरेका छन् ।