काठमाडौं । सगरमाथाको उचाइँ नाप्न गएको चिनियाँ टोली बुधवार बिहान सगरमाथाको शिखर पुगेको छ । तिब्बती भाषामा चोमोलोङ्मा भनिने सगरमाथाको उचाई नाप्न गएको यो वर्षको पहिलो आरोहण दल शिखर पुगेको हो ।

चाइना सिन्ह्वा न्यूजका अनुसार, सगरमाथाको उचाइ नाप्न गएको १२ जना मध्ये ८ जनाले शिखर टेकेका हुन्। उचाइ मापन टोलीमा प्राकृतिक संशोधन मन्त्रालय र राष्ट्रिय पर्वतारोहण टोलीका सदस्य गएका बताइएको छ ।

कोरोना महामारीका कारण चीन र नेपाल दुवैले यो वर्षको वसन्त ऋतुका लागि सम्पूर्ण व्यावसायिक सगरमाथा आरोहण स्थगित गरेका भए पनि उचाई नाप्ने टोलीले भने शिखर चढेको हो ।

तर, सगरमाथाको उँचाइ नाप्ने आफ्नो पूर्व योजना कार्यान्वयन गर्न भन्दै चीनले आफ्ना प्राविधिक, विज्ञ सहितको टोली त्यसतर्फ पठाएको हो । यसअघि, चीनले सन् १९७५ र २००५ मा सगरमाथाको उचाइ नापेको थियो। त्यस क्रममा सगरमाथाको उचाइ ८ हजार ८८४८ मिटर र ८८४४.४३ मिटर देखिएको थियो।

यसपटक सगरमाथाको वास्तविक उचाइ पत्ता लगाउने टोली सगरमाथा गएको उल्लेख छ । यसपटक सगरमाथाको वास्तविक उचाइ पत्ता लगाउने टोलीले जनाएको छ ।

अघि ८ जेठ २०७६ मा नेपालको तर्फबाट पनि सगरमाथा नाप्नकै लागि एक टोली सगरमथा शिखर पुगेर फर्किएको छ । यो टोलीले प्राविधिक पक्षको मूल्यांक गरिएको भएपनि अब चीनले पनि सगरमाथा नाप्ने कार्य अगाडि बढाइसकेको र आरोहणसमेत भइसकेकाले नेपाल चीनबीच संयुक्त उचाइँ सार्वजनिक गर्ने बताइएको छ । –एजेन्सीको सहयोगमा