काठमाडौं । गीतकार रत्नशमशेर थापाको निधन भएको छ । गीतकार थापाको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका थापाको ८३ वर्षको उमेरमा निधन भएको परिवारका सदस्यले बताएका छन् । उनका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क हे नौ जवान हो, विछोडको पीडासहितका गीतहरु चर्चित छन् ।