काठमाडौं । सरकारले आउने आर्थिक वर्ष २०७७–०७८ को बजेट सार्वजनिक गरेको छ । तर, आउने आर्थिक वर्षका लागि ल्याएको बजेटको आकार भने घटेको छ । बुधवार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको बजेट सार्वजनिक गरे । यो आर्थिक वर्ष २०७६–०७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले आउने आर्थिक वर्षका लागि ल्याएको बजेटको आकार केही घटाएको हो ।

आउने आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ । राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ बजेटको स्रोत जुटाइने अर्थमन्त्री खतिवडाले जानकारी दिनु भएको छ । यस्तै, उहाँले आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने बताउनु भएको छ ।

यस्तै, सरकारले शिक्षा क्षेत्रलाई १ खर्ब ७२ करोड बजेट दिँदा भौतिक पूर्वाधारको बजेट २५ अर्बले घटाएको छ । सँधै प्राथमिकतामा पर्दै आएको पुनःनिर्माणमा पनि यो पल्ट ६६ अर्बले बजेट घटेको छ भने खेलकूद क्षेृत्रको बजेट साढे एक अर्बले घटेको छ । यस्तै, सँधै विवादमा पर्ने गरेको सांसद विकास कोषको बजेट पनि घटेको छ । अब एक निर्वाचन क्षेत्रलाई ४ करोड दिने भनिएको छ । यस्तै सरकारले आगामी आर्थिक वर्षको आर्थिक बृद्धि ७ प्रतिशत हुने अनुमान गरेको छ ।

बजेटकाे पूर्णपाठ