काठमाडौं । सरकारले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको छ । बिहीबार आउने आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महशुलमा सामान्य वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । विद्युत महशुलमा भने सरकारले छुट दिने घोषणा गरेको छ ।