काठमाडौं । संसारमै चर्चित बोस्टन म्याराथनको मूल कार्यक्रम रद्द भएको छ । कोरोना महामारीका कारण १२४ वर्षपछि पहिलो पटक म्याराथन रद्द गर्नु परेको आयोजक बोस्टन एथ्लेटिक एशोसिएशनले जनाएको छ ।

आयोजक संस्थाले २०२० को म्याराथन रद्द गरिएको जनाउँदै अब यो भर्चुअल कार्यक्रमका रुपमा रहने र सबै सहभागिले म्याराथन सक्काएको पदक पाउने जनाएको छ । तर, पदक पाउनका लागि सहभागिहरुले सेप्टेम्बर १४ भित्र ४२ किलोमिटर दूरी ६ घण्टामा सकाएको प्रमाणित गर्नुपर्ने शर्त राखिएको छ ।

कोरोना संक्रमणको डरले म्याराथनलाई अप्रिल २० बाट सेप्टेम्बर १४ का लागि सारिएको थियो । जुन कार्यक्रममा संसारभरबाट साढे तीन लाख व्यक्ति सहभागि हुने जिकिर गरिएको छ । आफूहरुको पहिलो प्राथमिकता समुदाय, कर्मचारी, सहभागि, स्वयंसेवक, समर्थकको स्वास्थ्य भएको भन्दै आयोजकले संसारलाई सेप्टेम्बरमा बोस्टनमा ल्याउन नसकिएको जनाएको छ ।