काठमाडौं । सरकारले कोरोना संक्रमण पुष्टि भए पनि अन्य रोगका कारण मृत्यु भएको खुल्न आए कोरोनाबाट मृत्यु भएको नभन्न भनेको छ।

अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएपछि जुनसुकै कारणले मृत्यु भएपनि त्यसलाई कोरोनाबाट मृत्यु भएको गन्ने गरिएको छ। स्वास्थ्य मन्त्रालयले कोरोनाले मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि संशोधन गर्ने गरी यस्तो निर्णय गरेको हो।कार्यविधिमा यो पहिलो संशोधन हुनेछ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट नौं जनाको मृत्यु भएको छ। बुधवारमात्रै दोलखाका कोरोना संक्रमित पुरुषको महाराजगन्जस्थित शिक्षण अस्पतालमा निधन भएको थियो ।
संशोधन प्रस्ताव