दैलेख । आठबीस नगरपालिकामा टेन्डर दर्ताको विषयलाई लिएर बिहीवार दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन्।

हतियारसहित उत्रिएका युवाहरुबीच झडप हुँदा दुईजना सख्त घाइते भएका हुन् । नगरपालिकाले आह्वान गरेको बाटो तथा भवन निमार्णको टेन्डर दर्ता गर्न गएका दुई समूहबीच झडप भएको हो ।

झडप बढ्दै गएपछि नगरपालिकाले टेन्डर दर्ता सूचना टाँसेर स्थगित गरेको छ । झडपपछि त्यो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।