काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलवार केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सोमवार छापावाला सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य तोलामा ५ सय ५ रुपैयाँ घटेको छ । र, तेजाबी सुन ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन तेजाबी सुनको मूल्य तोलामा ९० हजार छ सय ६५ रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।