एजेन्सी । भारतको बिहार राज्‍यका विभिन्‍न ठाउँमा चट्ट्याङ लागेर ८३ जनाको मृत्‍यु भएको छ। बिहार सरकारका अनुसार ८३ जनाको चट्ट्याङ लागेको मृत्‍यु भएको हो ।

यस्तै पीटीआइका अनुसार बिहीबार बिहान सरकारका अनुसार सबैभन्दा धेरै गोपालगञ्‍ज जिल्लाका मान्छे चट्ट्याङ लागेर मरेका छन्। गोपालगञ्‍जबाट १३ जनाको चट्ट्याङ लागेर मृत्यु भएको छ भने पूर्वी चम्पारणमा ५जना, सिवानमा ६ जना र दरभङ्गामा ५ जना चट्टयाङबाट मरेका छन्।

यस्तै बाँकामा ५ जना, भागलपुरमा ६ जना, मधुबनीमा ८ जना, खगरियामा ३ जना, पश्चिम चम्पारनमा २ जना, समस्तीपूरमा १ जना, शेओहारमा १ जना, किशानगञ्जमा २ जना, शरणमा १ जना, जाहानावादमा २ जना, सीतामर्हीमा १ जना, जमुइमा २ जना, नवादामा ८ जना, पूर्णियामा २ जनाको चट्ट्याङले मृत्यु भएको छ ।

यसैगरी सुपौलमा २ जना, औरङगबादमा ३ जना, बुछारमा २ जना मधेपुरामा १ जना र कैमुरमा २ जना चट्टयाङको सिकार भए ।