काठमाडौं । कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । सांसद छन्त्यालको बुधवार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए । ६६ वर्षीया छन्त्याल मुटु सम्बन्धी समस्याबाट पीडित थिइन् ।

बाग्लुङको तमानखोला गाउँपालिका –५ खुंखानीमा जन्मिनु भएकी उनी बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास गर्थिन् । छन्त्याल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् । २०७० सालको संविधानसभामा पनि उनी सभासद रहिन् ।