बझाङ । केदारस्युँ गाउँपालिका–८ मा शनिबार राति पहिरोले पुरिएका ६ जनाको शव भेटिएको छ । पहिरोमा हराइरहेका एक जनाको खोजी भइरहेको छ । शव भेटिएकामा एकै परिवारका ४ जना र दुई जना अर्को परिवारका छन् ।

५० वर्षीया राजमती बोहोरा, उनकै छोरा–छोरी ७ वर्षीय प्रयाग, १० वर्षीया अस्मिता र १५ वर्षीया शान्ति एकै परिवारका रहेको बझाङ प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, पहिरोमा पुरिएर ७४ वर्षका सन्तु जेठारा र ८१ वर्षका बले बोहोराको पनि मृत्यु भएको प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए । पहिरोमा पुरिएका सात मध्ये प्रेम जेठाराका छोरा २० वर्षीय गिरी जेठाराको खोजी भइरहेको प्रहरी निरीक्षक कार्कीको भनाई छ ।