पोखरा । कास्कीमा पहिरोका कारण ७ जनको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । पोखरा–१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो । थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर मृत्यु भएको छ । पोखरा–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनकी आमा हिमकला अधिकारीको मृत्यु भएको छ । सराङकोटमा पिङ्की थापाको जन्मदिन मनाउने कार्यक्रमसहित घरमा छिमेकी तथा आफन्त भेला भएका बेला पहिरो गएको हो । तनहुँकी सरस्वती दुई छोरासहित दिदीको घरमा आएकी थिइन्।