बेसीशहर । लमजुङमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बेसीशहर नगरपालिका –७ सातबिसेमा पहिरोले घर पुरिदा स्थानीय दीपक तामाङ, बिमाया गुरुङ र छेवाङ तामाङको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनीहरु एकै परिवारका हुन्। उक्त घटनामा ३ जना घाइते भएको लमजुङ प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए। घाइतेहरुको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।