जाजरकोट । पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये सात जनाको शव भेटिएको छ । जाजरकोट प्रहरीका अनुसार बेपत्तामध्ये सातजनाको शव भेटिएको छ भने भेटिएका मध्ये तीन जनाको पहिचान खुल्न सकेको छैन ।

पहिरोले बेपत्ता भएका बारेकोट गाउँपालिका–४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको भने पहिचान खुल्न सकेको छैन ।