काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको बजार भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एकेक रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्यानुसार अब काठमाडौंँमा पेट्रोल प्रतिलिटर १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८ मा बिक्रि हुनेछ ।

पेट्रोलियम पदार्थको मूल्य बढेपनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । वृद्धि भएको मूल्य शनिवारदेखि लागू हुनेछ ।