काठमाडौं । विदेश पठाइदिने भन्दै लामो समयदेखि बन्धक बनाएर राखेको आरोप लागेका दुई जनालाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको छ ।
व्यूरोका अनुसार एक युवालाई लिबियाको मिल्क पाउडर कम्पनीमा काम लागाइदिने भन्दै प्रलोभनमा देखाएर पैसा लिएर बन्धक बनाउने चितवनका उद्धव घतानीलाई पक्राउ गरेको हो। उनले पीडितबाट १ लाख ६० हजार नेपाली रुपैयाँ र १ हजार अमेरिकी डलर लिएर ९ महीनासम्म बन्धक बनाएर राखेको आरोपमा लागेको छ।
त्यसैगरी तीन जना नेपाली महिलालाई कुबेत पठाइदिने भन्दै भारतको नयाँ दिल्ली पुर्याएर अपार्टमेन्टमा बन्धक बनाई राख्ने नरबहादुर श्रेष्ठ गोरेलाई झापाको मेची नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले बन्धक बनाएर राखेका महिलालाई भारतीय प्रहरीको सहयोगमा प्रहरीले यसअघि नै उद्धार गरिसकेको थियो।