काठमाडौ । नेपालमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । तोलाकै ९४ हजार पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । एकैदिन तोलामा १३ सय रुपैयाँ बढेर बुधवार ९४ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ । चाँदी बुधवार प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।