काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षा सञ्चालनमा लागि शिक्षा मन्त्रालयको स्वीकृतिको पखाईमा रहेको जानकारी दिए । उनले परीक्षा सञ्चालन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

उनले भने, ‘परीक्षा हुने निश्चित भएकाले विद्यार्थीहरुले तयारी थाल्नुहुन म आग्रह गर्छु । सुरक्षा सावधानी पनाएर परीक्षा हुन्छ ढुक्क हुनुस् ।’ १२ कक्षाको परीक्षामा चार लाख ३२ हजार विद्यार्थी सहभागी हुने बताइएको छ ।