काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। बिहीवारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६५ तोकिएको छ ।

बुधवार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० ले बढेको थियो। बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० तोकिएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० ले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।