काठमाडौं । सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। बिहीवार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर ऐतिहासिक रेकर्ड राखेको हो।

शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ। अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहको समेत सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।