काठमाडौं । रमेशकुमार सिलवाल पुनः राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव नियुक्त भएका छन् । तत्कालीन एमाले निकट मदन भण्डारी स्पोेस्र्ट एकेडेमीका संस्थापक अध्यक्षसमेत रहेका सिलवाललाई सोमवार बसेको मन्त्रिपरिषद् बैठकले राखेप सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

खेलकूद मन्त्रालयले सिलवालसहित महिला राष्ट्रिय भेलिबल टोलीकी पूर्व कम्तान अञ्जु श्रेष्ठ र नेपाल भविल संघका पूर्व उपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापा मगरसहित ३ जनाको नाम सिफारिस गरेको थियो ।

राष्ट्रिय खेलकूद विकास ऐनअनुसार एक महिलासहित कम्तीमा तीनजना सिफारिस गर्नुपर्ने व्यवस्था छ । सिलवाल राखेपका निर्वमान सदस्य सचिव पनि हुन् । नयाँ ऐन लागू भएपछि सिलवालसहितका राखेप पदाधिकारी पद मुक्त भएका थिए । सरकारले नयाँ व्यवस्थाअनुसार खुल्ला प्रक्रियाबाट सदस्य सचिव नियुक्त गरेको हो ।