काठमाडौं । प्रहरी नायव महानिरीक्षक ‘डीआईजी’द्वय प्रधुम्न कार्की र निरजबहादुर शाही अतिरिक्त महानिरीक्षक ‘एआईजी’मा बढुवा भएका छन् ।
एक साताअघि गृह मन्त्रालयअन्तर्गतको बढुवा समितीले दुई रिक्त एआईजी दरबन्दीमा प्रधुम्न र निरजलाई बढुवा सिफारिस गरेको थियो। यो सिफारिसविरुद्ध कसैको पनि उजुरी नपरेपछि सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उनिहरुलाई एआईजीमा बढुवा गरेको हो।
दुवै जना वर्तमान महानिरीक्षक ‘आईजीपी’ शैलेश थापाका ब्याची हुन्। अर्का एआईजी हरि पाल पनि यीनिहरुकै ब्याची हुन्। यी चारै जनाले २०७९ साल वैशाख १८ गते सेवाबाट अवकाश पाउने छन् ।